१० खेलाडीमा सिमित साईप्रसलाई फराकिलो गोल अन्तरले हराउँदै रुस युरोकपमा २०२० मा छनोट भएको छ ।
सोमबार बिहान भएको समूह आईको खेलमा रुसले साईप्रसमाथि ५–० को फराकिलो जित निकालेको हो । रुसको जितमा डेनिस चेरसेव दुई तथा मेगोमेड ओजदोयेव,आर्टेम डेजुबा र अलेक्सा गोलोविनले समान एक एक गोल गरे ।
चेरसेवले नवौ मिनेटमा गोल गर्दै रुसलाई सुरुवाती अग्रता दिलाएका थिए । २२ औं मिनेटमा रुसको अग्रता दोब्बर पारे ।रुसका लागि ओजदोयेवले गोल गरे ।
पहिलो हाफमा २–० को अग्रता बनाएको रुसले दोस्रो हाफमा थप तीन गोल थप्यो ।डेजुबाले ७९ खेलको औं मिनेटमा रुसका लागि तेस्रो गोल गरे । गोलोविनले ८९ औं मिनेटमा रुसलाई ४–० ले अघि बढाए ।
दोस्रो हाफको ईन्जुरी समयमा चेरसेवले ब्यक्तिगत दोस्रो गोल गर्दै रुसलाई फराकिलो जित दिलाए ।
जितसँगै रुसले ८ खेलबाट २१ अंक जोडको छ । शीर्ष स्थानको बेल्जियमको २४ अंक छ ।साईप्रस भने १० अंक सहित तेस्रो स्थानमा छ ।