युरोकप छनोट २०२०: काजकिस्तानमाथि बेल्जियमको सहज जित

तस्बिरः एजेन्सी

बेल्जियमले युरोकप छनोट २०२० मा काजकिस्तानलाई सहजै हराएको छ ।

आइतबार राति भएको समूह आईको खेलमा बेल्जियमले काजकिस्तानलाई २–० गोल अन्तरले पराजित गरेको हो ।बेल्जियमलाई जित दिलाउन मिची बात्सुआई र थोमस मुनियरले एक एक गोल गरे ।

खेलको २१ औं मिनेटमा बात्सुआईले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।उनकै गोलमार्फत पहिलो हाफ १–० को अग्रता लिएको बेल्जियम खेलको ५३ औं मिनेटमा अर्का गोल थप्यो ।बेल्जियमका लागि मुनियरले गोल गरे । बाँकी समय कुनै गोल हुन नसक्दा बेल्जियमले स्पष्ट ३ अंक हात पार्यो ।

जितसँगै बेल्जियमले ८ खेलबाट २४ अंक जोडेको छ ।शीर्ष स्थानको बेल्जियम यसअघि नै युरोकपमा छनोट भईसकेको छ । पराजित भएको काजकिस्तान ७ अंक जोडेर चौंथो स्थानमा छ ।

प्रकाशित मिति: : 2019-10-13 21:48:04

प्रतिकृया दिनुहोस्