सीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली चार बजे विमानस्थल पुग्ने

तस्बिरः एजेन्सी

नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चीनफिङ केही समयपछि काठमाडौँ आइपुग्ने भएका छन् ।

राष्ट्रपति सीको स्वागतका लागि नेपालले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । भारतको चेन्नाइमा रहेका राष्ट्रपति सी केही घण्टाअघि काठमाडौँका लागि प्रस्थान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति र प्रधानमन्त्री चार बजे विमानस्थल पुग्ने

राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली स्वागत गर्न दिउँसो चार बजे विमानस्थल पुग्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले जनाएको छ ।

‘चिनियाँ राष्ट्रपति आउँदा साढे चार भन्दा अझ ढिलो हुनेछ, उहाँलाई स्वागत गर्न अति विशिष्ट व्यक्तित्वहरु चार बजे विमानस्थल पुग्नुहुनेछ ।’ प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज नेपाल आउन लागेका हुन् । चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति: : 2019-10-12 15:25:35

प्रतिकृया दिनुहोस्