गत वर्षभन्दा ढिलो सुरु भएको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा पूर्वी नेपालमा जून २० मा आगमन भएको मनसुन १२ अक्टुबरमा बाहिरिएको उल्लेख छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष बहिर्गमन औसत भन्दा १९ दिन ढिलो हो। यो वर्षको मनसुन अवधी ११५ दिन रह्यो। औसतमा पूर्वी नेपालमा १० जूनमा र काठमाडौंमा १२ जूनमा मनसुनी वायुवर्षा आइपुग्ने गर्दछ।
तथ्यांक अनुसार नेपालमा सन् १९७९ को ७३ दिनको मनसुन सबै भन्दा छोटो र सन् २००८ को १३० दिनको मनसुन सबै भन्दा लामो मनसुन रहेको छ। मनसुन आगमन सन् १९९६ मे ३१ मा अहिलेसम्मको सबै भन्दा छिटो र १९८२ जून २७ मा अहिलेसम्मको सबैभन्दा ढिला भएको थियो भने मनसुन बहिर्गमन सबैभन्दा छिटो सन् १९९५ सेप्टेम्बर २ र सबैभन्दा ढिला सन् २०१३ अक्टुबर १९ मा रहेको छ।
नेपालमा सन् १९७९ को ७३ दिनको मनसुन सबै भन्दा छोटो र सन् २००८ को १३० दिनको मनसुन सबै भन्दा लामो मनसुन रहेको छ। मनसुन आगमन सन् १९९६ मे ३१ मा अहिलेसम्मको सबै भन्दा छिटो र १९८२ जून २७ मा अहिलेसम्मको सबैभन्दा ढिला भएको थियो भने मनसुन बहिर्गमन सबैभन्दा छिटो सन् १९९५ सेप्टेम्बर २ र सबैभन्दा ढिला सन् २०१३ अक्टुबर १९ मा रहेको छ।
बंगलादेश तथा आसपासका क्षेत्रमा न्यून चापिय प्रणाली रहेको छ । मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।
हाल बंगलादेश तथा आसपासका क्षेत्रमा न्यून चापिय प्रणाली रहेको छ । देशको पहाडी भुभागमा आंशिक बदली र तराईका भु–भागमा मौसम सामान्यतया सफा रहेको छ।
असोज २५ गते (शनिबार)
दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । तराईका भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको पहाडी भु-भागमा आंशिक बदली रहने र तराईका भु-भागमा मौसम सामान्यतया सफा रहने छ।
असोज २६ गते (आइतबार)
दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।
राती: देशको पहाडी भु-भागमा आंशिक बदली रहने र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहने छ।
असोज २७ गते (सोमबार)
दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।
राती: देशको पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।