चिनियाँ राष्ट्रपति सीको भ्रमण: व्यावसायिक उडान रोक्ने निर्णय

फाइल तस्बिर

त्रिभुवन विमानस्थलले आज दिउँसो २ः५५ देखि ५ः५५ बजेसम्म व्यावसायिक उडान रोक्ने निर्णय गरेको छ । विमानस्थल उड्डयानकर्मीका लागि जारी गरिने सूचनायुक्त नोटमा सार्वजनिक गर्दै २ घन्टा २० मिनेट विमानस्थल बन्द गरेर चिनियाँ राष्ट्रपति सी जिनपिङको भीभीआईपी उडानलाई प्राथमिकता दिएको छ ।

विमानस्थल एक अधिकारीका अनुसार २ घण्टा २० मिनेटको अवधिभित्र चिनियाा राष्ट्रपति सीको भीभीआईपी उडान अवतरण गर्नेछ । त्यसपछि मात्रै व्यावसायिक उडान हुनेछ । सी एयर चाइनाका दुईबटा बोइङ ७४७ विमानमा भारतको चेन्नईबाट काठमाडौँ आउँदै छन् ।

सी दिउँसो करिब ४ः३० मा त्रिभुवन विमानस्थलमा आइपुग्नेछन्।विमानबाट अवतरण गरेपछि केही क्षणको विश्रामपछि चिनियाँ विशिष्ट पाहुनाले आफ्ना नेपाली समकक्षी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । उनले नेपालमा करिब १९ घण्टा समय बिताउनेछन् ।

प्रकाशित मिति: : 2019-10-12 10:38:11

प्रतिकृया दिनुहोस्