विश्व नम्बर एक नोभाक जोकोभिक सांघाई मास्टर्सको क्वाटरफाइनलबाट बाहिरिएका छन् ।
चीनको संघाईमा शुक्रबार भएको खेलमा सर्बियन जोकोभिक ग्रिसका स्टेफानोससँग पराजित हँुदै क्वाटरफाइनलबाटै बाहिरिएका हुन्। जोकोभिकलाई स्टेफानोसले ३–६, ७–५ र ६–३ ले पराजित गरे ।
अब स्टेफानोसले सेमिफाइनलमा डानिल मेड्भेदेबसँग खेल्ने छन् ।
यस्तै अर्को क्वाटरफाइनलमा स्विस खेलाडी रोजर फेडेरर एलेक्सजेन्डर जेभरेभसँग ६–३, ६–७,(७–९) र ६–३ ले पराजित भए ।
जेभरेभले अब माटियो बेरेट्टिनी र डोमिनिक थिमबीचको विजेतासँग खेल्नेछन् ।
यसअघि अमेरिकी खेलाडी जोन इश्नरलाई हराउँदै जोकोभिक अन्तिम आठमा पुगेका थिए भने बेल्जियमका डेभिड गोफिनलाई हराउँदै फेडेररले क्वार्टरफाइनलको यात्रा तय गरेका थिए ।