दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेष्टमा पनि भारतको सानदार सुरुवात,मंयकले हाने दोस्रो शतक

तस्बिरः एजेन्सी

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले सानदार प्रदर्शन गरेको छ ।भारतको पुनेमा सुरु भएको टेष्टको पहिलो दिन बिहीबारको खेल सकिदा भारतले ३ विकेटको क्षतिमा २ सय ७३ रन जोडेको छ ।

 भारतका लागि ओपनर मंयक अग्रवालले लगातार दोस्रो टेस्टमा शतक पुरा गरेका छन् । पहिलो टेस्टमा दोहोरो शतक बनाएका उनले दोस्रो टेस्टमा १ सय ९५ बल खल्दै १६ चौका र २ छक्का प्रहार गरेर १ सय ८ रन जोडे । 

यता रोहित शर्माले ३५ बल खेल्दै १४ रन बनाए त्यस्तै चेतेश्वर पुजाराले अर्धशतक पुरा गरे । पुजराले १ सय १२ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरेका थिए । सिरिजमा पुजाराको यो दोस्रो अर्धशतक हो ।

यता कप्तान विराट कोहली ६३ रन र अजिंके रहाणे १८ रनमा अविजित हुँदा पहिलो दिनको खेल समाप्त भएको छ ।

दक्षिण अफ्रिका लागि ३ विकेट कागिसो राबाडाले लिएका थिए ।

प्रकाशित मिति: : 2019-10-10 22:41:18

प्रतिकृया दिनुहोस्