• विद्युत प्राधिकरणको आम्दानीको ठूलै हिस्सा लैजाने ६० मेगावाटको खिम्ती-१ जलविद्युत आयोजनाको ५० प्रतिशत स्वामित्व ९ महिना पछि प्राधिकरणले पाउँदै छ।
• निकै सस्तो खरिद मूल्य भएको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत यहि आर्थिक वर्षभित्र विद्युत प्राधिकरणले पाउँदै छ।
• चुहावट नियन्त्रण १५ प्रतिशतमा सिमित भएको छ। थप एक हजार मेगावाट विद्युत खपतको लागि तीन हजार एमभिए क्षमताका वितरण र प्रशारण सवस्टेशन निर्माण भएका छन्। १० हजार ट्रान्सफर्मर थप गरिएका छन्।