चीनका राष्ट्रपतिको स्वागतमा रातारात तयारी, राष्ट्रपति भण्डारीले नै गर्नेछिन् विमानस्थलमा स्वागत

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको शनिबारदेखि हुने नेपालको दुई दिने राजकीय भ्रमणका लागि राजधानीमा रातारात तयारी भइरहेको छ । ठाउँठाउँमा स्वागतद्वार र बिजुलीका पोलमा चीनका राष्ट्रपति सी र राष्ट्रपति विद्यादेवी भण्डारीका तस्बिरहरु राखिएका छन् । 

हिजो भ्रमणको औपचारिक घोषणा भएपछि उनको स्वागतको तयारीले गति पाएको हो । चीनका राष्ट्रपति सीको नेपाल भ्रमणका बारेमा आज बिहान ९ बजे बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरु तथा पूर्व परराष्ट्रमन्त्रीहरुसँग परामर्श गर्दैछन् । राष्ट्रपति सी शनिबार काठमाडौं ओर्लिंदा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नै विमानस्थलमा स्वागत गर्नेछिन् । साथै प्रधानमन्त्री केपी ओली पनि स्वागतमा जानेछन् । 

प्रकाशित मिति: : 2019-10-10 11:24:54

प्रतिकृया दिनुहोस्