अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–२० को वरियतामा नेपाल एक स्थान तल झरेको छ ।
आईसीसीले बुधबार अपडेट गरेको नयाँ वरियतामा नेपाल एक स्थान झर्दै १२ औं स्थानमा पुगेको छ । अघिल्लो महिना नेपाल ११ औं स्थानमा रहेको थियो ।एकदिवसीय वरियतामा भने नेपाल यथावत रहदै १७ औं स्थानमा रहेको छ ।
नयाँ वरियता अनुसार नेपालले १७ खेलबाट १९४ रेटीङ अंक पाएको छ ।नयाँ वरियतामा नेपाललाई पछि पार्दै स्कटल्याण्ड ११ औं स्थानमा उक्लिएको छ।
एसोसियट राष्ट्र मध्यको टी–२० वरियतामा नेपाल दोस्रो स्थानमा रहेको छ । यस्तै नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन्।
वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । दक्षिण अफ्रिका तेस्रो र भारत चौंथो स्थानमा रहदा अष्ट्रेलिया पाँचौ स्थानमा रहेको छ ।