महराका छोराले खोले 'फायर', ओली-प्रचण्डसँग रूष्ट !

महराका छोराले खोले फायर !

एक अप्रत्यासित 'यौनकाण्ड'मा फसेर सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराका दुई छोराले फायर खोलेका छन् । 

माओवादी सशस्त्र जनयुद्धमा भिडेका निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो राख्दै 'क्रान्तिकारीहरुसँग फेरि भेट हुने’ उद्घोष गरेका छन् 

महराको पार्टी नेकपाले उनलाई सभामुख र सांसद दुबै पदबाट राजिनामा दिन भने पनि महराले भने छानबिन प्रक्रिया नसकिञ्जेलका लागि सभामुखबाट मात्र राजिनामा दिएका थिए ।

महराका छोराहरूले पार्टीले छानबिन नै नगरी राजिनामा दिन लगाएर आफ्नो बाबुको राजनीति सकाइदिएकोमा रूष्ट रहेका दुबै छोराले मंगलबार राती साँढे ११ बजे फेसबुकमा एउटै स्टाटस लेखेर सेयर गरेका छन् । स्टाटसमा लेखिएको छ- 

‘राजनैतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ । आज व्यक्ति होइन, आस्था र विचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक सञ्जालमा दृढतापूर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी सङ्गठनद्वारा चिन्ता व्यक्त गर्ने, र मिडिया मार्फत सहयोग पुर्याई षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सञ्चारकर्मी, नेता, कार्यकर्ता, युवा, विद्यार्थी, विपक्ष दलका मित्रहरु चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठूलो मौका पनि मिलेको छ

बुख्याँचाहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने विदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बड्न्ने प्रेरणा मिलेको छ । समयले नयाँ बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तिकारीहरु सँग फेरि भेट हुने छ ।’

उनीहरू नेकपाका दुई शक्तिशाली अध्यक्ष के पी शर्मा ओली र पुष्पकमल दाहालसँग रूष्ट देखिएका छन् । 

पीडित भनिएकी महिलाले महराबाट केही भएकै छैन भनेर वयान दिएपछि उनीहरूले यसरी मुख खोल्न सकेका हुन् ।

पीडित भनिएकी महिलाले केही भएको पनि हैन, प्रहरीमा उजुरी दिन पनि जान्न भनेपछि महरालाई राहत मिलेको छ भने उनलाई राजीनामा दिन आदेश दिने नेकपा केही अप्ठ्यारोमा परेको छ ।

पीडितको अडानले अनुसन्धानलाई अगाडि बढाउन नै अप्ठ्यारो भएको छ । 

 

प्रकाशित मिति: : 2019-10-02 08:05:25

प्रतिकृया दिनुहोस्