च्याम्पियन्स लिग: सिटीले क्रोएसियन क्लब जाग्रेबसँग खेल्दै

तस्बिरः एजेन्सी

च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा समूह सीमा रहेको म्यानचेस्टर सिटीले क्रोएसियन क्लब डाइनामो जाग्रेबसँग प्रतिस्पर्धा गर्दैछ ।

सिटीले घरेलु मैदानमा इदिहाद स्टेडियममा हुने खेल नेपाली समयअनुसार आज (मंगलबार) राति १२ः ४५ देखि सुरु हुनेछ ।

पहिलो खेलमा शाख्तर डोनेक्स्टलाई ३–० ले हराएको सिटी उक्त जितलाई कायम राख्ने लक्ष्यमा हुनेछ ।

सिटीले १ खेलमा ३ अंक जोडेको छ ।पहिलो खेलमा एट्लान्टालाई ४–० ले हराएको डाइनामो शीर्ष स्थानमा छ ।

 

प्रकाशित मिति: : 2019-10-01 16:19:23

प्रतिकृया दिनुहोस्