नवलपरासीको दल्दले बजारमा सामान बोक्ने गाडीले किचेर बालिकाको मृत्यु भएको छ ।
देबचुली नगरपालिका –१३मा सोमबार दिउँसो ३ वर्षीया मनिषा महतोलाई ना ३ च ३७२१ नम्बरको गाडीले किच्दा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार चितवनको पुरानो मेडिकल कजेलमा उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको हो । दुर्घटना गराउने गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।