लेस्टर सिटीको फराकिलो जित, अंक तालिकामा तेस्रो स्थानमा उक्लियो

तस्बिरः एजेन्सी

जेमी भार्डीको दुई गोलको सहयोगमा इंग्लिस प्रियिमर लिगमा फुटबलमा लेस्टर सिटीले प्रभावशाली जित निकालेको छ ।

गएराती भएको खेलमा लेस्टर सिटीले न्युक्यासलमाथि ५–० को जित हासिल गरेको हो ।

लेस्टरको जितमा जेमी भार्डीले २ गोल गरेका थिए भने रिकर्दो परेरा र विल्फ्रेड एनडीडीले समान एक एक गोल गरेका थिए । त्यस्तै एक गोल न्युक्यासलका पाउल डममेटले आत्मघाती गोल गरेका थिए ।

खेलमा अग्रता लेस्टरले १६ औं मिनेटमा रिकार्डो परेराको गोलबाट लिएको थियो । त्यस्तै खेलको ४३औ मिनेटमा न्युक्यासलका इसाक हेडेनले रातो कार्ड खाएर मैदान छोडेपछि न्युक्यासल १० खेलाडीमा सिमित भएको थियो ।पहिलो हाफ १–० को अग्रता बनाएको लेस्टरले दोस्रो हाफमा थप चार गोल गर्यो ।

खेलकको ५४ औं मिनेटमा भार्डीले गोल गर्दै लेस्टरको अग्रता दोब्बर पारेका थिए ।डममेटले ५७ औ मिनेटमा आत्मघाति गोल गरेपछि लेस्टर खेलमा ३–० ले अगाडी बढेको थियो । ६४ औ मिनेटमा भार्डीले ःब्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई ४–० ले अघि बढाए ।

खेलको अन्तिम मिनेटमा एनडीडीले गोल गर्दै लेस्टरलाई ५–० को जित दिलाए ।
जितपछि लेस्टर सिटी अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । ७ खेलमा ४ जित २ बराबरी र एक हार खेलेको लेस्टर १४ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको हो ।

पराजित न्युक्यासल ५ अंक सहित तालिकाको रेलिगेशन जोनमा रहेको छ ।

 

प्रकाशित मिति: : 2019-09-30 07:36:17

प्रतिकृया दिनुहोस्