नेपालबाट भारत तर्फ चाँदी लैजाँदै गरेको अवस्थामा धनुषाबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधामस्थित ठाकुर ज्वेलर्सका सञ्चालक सुरेश ठाकुर र भारतको बिहार राज्य अन्तर्गत मधुवनीका धिरज ठाकुर रहेका छन् ।
बा.११ च. १२५० नम्बरको टाटा सुमोबाट धनुषाको जटही हुँदै भारततर्फ जाँदै गर्दा शनिबार राति चेकजाँचका क्रममा उनीहरुको साथबाट ७ किलो चाँदी बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।