मेडिकल कलेजको बेथिति:
मेडिकल कलेज कति निडर ! सरकारलाई नै पठायो ५८ लाख शुल्क लाग्ने पत्र
अधिकांश मेडिकल कलेजमा विद्यार्थी ठगीको अनुपात उस्तै : नयाँ पत्रिकालाई प्राप्त चितवन मेडिकल कलेजको ठगीको फेहरिस्त
एमबिबिएस (सातौँ ब्याच– चौथो वर्ष)
- विद्यार्थी संख्या : ७७
- सरकारले तोकेको शुल्क : ३८ लाख ५० हजार
- तर, कलेजले चौथो वर्षभित्रै उठाएको रकम : ४१ लाख ७५ हजारदेखि ४४ लाख नौ हजार आठ सय रुपैयाँसम्म
- कलेजले नियमविपरीत उठाएको रकम : तीन करोड ८४ लाख ३६ हजार दुई सय रुपैयाँ
एमबिबिएस (आठौँ ब्याच– तेस्रो वर्ष)
- विद्यार्थी संख्या : ६६
- सरकारले तोकेको शुल्क : ४२ लाख ४५ हजार
- तर, कलेजले तेस्रो वर्षभित्रै उठाएको रकम : ४४ लाख २५ हजारदेखि ६२ लाख २५ हजारसम्म
- कलेजले नियमविपरीत उठाएको रकम : नौ करोड १५ लाख ८० हजार रुपैयाँ
प्रकाशित मिति:
: 2019-09-29 07:38:47