मुगुका ११ जना बालबालिकाको गोठाटारबाट उद्धार

सांकेतिक तस्बिर

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा सञ्चालित एक सामाजिक संस्थाबाट ११ जना बालबालिकाको शुक्रबार उद्धार गरिएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वको टोलीले सामाजिक तथा मानवीय सरोकार केन्द्र नामक संस्थाले जोखिमपूर्ण अवस्थामा राखेका ६ देखि १३ बर्ष उमेर समूहका बालबालिकामा ९ जना बालक र २ जना बालिको उद्धार गरेको हो ।

कागेश्वरी मनोहरा नगरपालिका, महानगरीय प्रहरी प्रभाग काँडाघारी, बालबालिका खोजतलास समन्वय केन्द्रको सहकार्यमा बालबालिकाको उद्धार गरिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमुना भुसालले जानकारी दिइन् ।

उद्धार गरिएका सबै बालबालिका मुगुका रहेका छन् ।

 

प्रकाशित मिति: : 2019-09-27 17:15:02

प्रतिकृया दिनुहोस्