प्रहरीले कृषि विकास बैङ्कको रकम चोरी प्रकरणमा संलग्न थप ३ जनालाई पक्राउ गरेको छ ।यो सँगै कृषि विकास बैकको रकम चोरी प्रकरणमा अहिलेसम्म १६ पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार मालतीदेवी न्यौपाने भट्राई, गणेश बस्याल र यज्ञराज भट्टलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
न्यौपाने र बस्याललाई पर्वतबाट २४ लाख रकमसहित र भट्टलाई महेन्द्रनगरबाट ४५ लाख रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बस्यालको भने भारतमा बसेर हृयाकिङको योजना बनाउने काले भनिने पिटरसाग सम्पर्क भएको पाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
उनै बस्यालले मालती न्यौपाने र यसअघि पक्राउ परेका रामकृष्ण भुसाललाई रकम पठाउन लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बैंक ह्याकिङ गरी रकम चोरी भएको घटना बुधबार मात्रै सार्वजनिक भएको थियो ।