बझाङमा भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ परेका छन् ।
पालन पोषण गर्ने र पढाइ दिने भन्दै घरमा राखेकी भान्जीलाई केही वर्षदेखि नै उनले पटक–पटक बलात्कार गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) ईश्वरीदत्त पाण्डेले बताए ।
उनीमाथि बिहीबार जबरजस्ती करणीमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान भैरहेको प्रहरी निरीक्षक पाण्डेले बताए ।
कक्षा ९ मा अध्यनरत बालिकामाथि बलात्कार गर्ने मामा ६३ वर्षका रहेको प्रहरीले जनाएको छ । उनले भान्जीको मोबाइलमा अश्लिल तस्बिरसमेत खिचेको भेटिएको छ ।