पर्सा प्रहरीले लागुऔषधसहित एक युवकलाई वीरगञ्जबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने ३८ वर्षीय अशोक वर्तौला रहेका छन् ।
वीरगञ्ज १६ रजतजयन्ती चौकबाट सवारी साधन तथा पैदल यात्रीको चेकजाँच गर्ने क्रममा बर्तौलालाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।