ब्राजिलियन कम्पनी ब्रास पावरले तल्लो अरुण १५ वर्षसम्म ओगट्यो। वित्तीय व्यवस्थापन गर्न नसकेर होइन, बजार नभएर। भारतीय कम्पनी जीएमआरले माथिल्लो कर्णाली (९०० मेगावाट) लिएको १२ वर्ष पुग्यो। अध्ययन पूरा गर्यो। तर माथिल्लो कर्णालीको बिजुली कहाँ बिक्री गर्ने (पीपीए) भन्ने यतिका अवधिसम्म अत्तोपत्तो छैन। चिनियाँ कम्पनी थ्री गर्जेजले २०६८ सालमा पश्चिम सेती (७५० मेगावाट) हात पार्यो। धुमधामका साथ यसो गर्ने र उसो गर्ने बखान गरियो। अन्ततः उसले पनि सकेन। औपचारिक रूपले छाडें नभनीकन हात झिक्यो।