रेइम्ससँग साविकको विजेता पीएसजीको लज्जास्पद हार

EPA

साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) रेइम्ससँग पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा पीएसजी रेइम्ससँग २–० ले पराजित भएको हो ।रेइम्सको जितमाह साने कामरा र बोउलाय डियाले समान एक एक गोल गरे ।

खेलको २९औं मिनेटमा कामराले रेइम्सका लागि गोल गर्दै १–० को अग्रता दिलाए । उनको एक गोलको मद्दतबाट नै पहिलो हाफ १–०को अगता बनाएको रेइम्सले दोस्रो हाफमा थप एक गोल गरेको हो

बल पोजेसनमा पकड जमाएपनि पीएसजीले रेइम्सको पोस्टमा कुनैपनि समय गतिलो आक्रमण गर्न सकेन ।त्यसके फस्वरुप इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा डियाले गोल गर्दै घरेलु टोली पीएसजीलाई २–० ले पराजित गरे ।

लिग वानमा शुरुवाती ७ खेल सकिदा पीएसजीको यो दोस्रो हार हो । घरेलु मैदानमा पीएसजीले १६ महिनापछि हार बेहोरेको हो । पीएसजी यसअघि रेनिससँग २–१ ले पराजित भएको थियो ।

हारपछि पनि पीएसजी ७ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान १५ अंक रहेपनि एन्जर्स गोल अन्तरमा दोस्रो स्थानमा छ । रेइम्स ११ अंकका साथ आठौं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: : 2019-09-26 07:54:05

प्रतिकृया दिनुहोस्