स्वीडेनकी जलवायु परिवर्तन अभियान्ता ग्रेटा थुनबर्गसहित चार जनाले राइट लाइभ्लिहुड अवार्ड (अल्टरनेटिभ नोबल) पाएका छन्।
थुनबर्गलाई बुधबार तत्काल देखिएको जलवायु परिवर्तन समस्या सावधान गर्ने राजनीतिक मागलाई वैज्ञानिक तथ्यका आधारमा प्रेरणा र प्रवर्द्धन गरेबापत पुरस्कृत गरिएको प्राइज फाउन्डेसनले बताएको छ।फाउन्डेसनका अनुसार १६ वर्षीया थुनबर्ग विश्व शान्ति पुरस्कारका लागि पनि मनोनित भएकी छिन्।
थुनबर्गको जलवायु परिवर्तन अभियान २०१८ अगष्ट २० गतेदेखि सुरू भएको थियो।सुरूमा उनले स्वीडेन संसद अगाडि एक हप्तासम्म विद्यालय नगई धर्नामा बसेकी थिइन्।
फाउन्डेसनले थुनबर्गसहित अन्य तीन जनालाई पनि पुरस्कृत गरेको छ।ब्राजिलका आदिवासी जनजातिको तर्फबाट एमेजोन र त्यहाँका जनतालाई बचाएकोमा डाभि कोपेनवा र हुतुबारा यानोमामी एसोसिएसनलाई पुरस्कृत गरेको छ।
त्यसैगरी, मोरोक्कन अभियान्ता अमिनाटौ हैदरलाई वेष्टर्न सहारामा हुँदै आएको विवादमा अहिसांत्मक कार्यमा देखाएको दृढताका लागि र चीनका अधिवक्ता जिओ जियानमेईलाई चीनमा महिला अधिकारका क्षेत्रमा काम गरेबापत पुरस्कृत गरिएको हो।
यस उपाधिबाट पुरस्कृत प्रत्येकले १ लाख ३ हजार अमेरिकी डलर पाउने छन्।पुरस्कार समारोह नोबल पुरस्कार वितरण गरिने ६ दिनअघि अर्थात् डिसेम्बर ४ गते स्टकहोल्ममा आयोजना गरिने फाउन्डेसनले जनाएको छ।