बलिउड अभिनेता खानलाई ज्यान मार्ने धम्की

तस्बिरः एजेन्सी

बलिउड अभिनेता सलमान खानलाई सामाजिक संजालमार्फत ज्यान मार्ने धम्की आएको छ ।

सलमानलाई स्टुडेन्ट अर्गनाइजेसन अफ पंजाब युनिभर्सिटी (सोपू) नामको समूहबाट धम्की दिइएको हो। सो धम्की सुटर नामको आईडीबाट आएपछि सामाजिक संजालमा भाइरल बनेको छ । पो

'सलमान तँ भारतको कानुनबाट बच्न सक्छस् तर बिश्नोई समाज र सोपी पार्टीको कानुनले तलाईं मृत्युको सजाय सुनाइसकेको छ। सोपू अदालतमा तँ दोषी छस्', सार्वजनिक पोस्टमा धम्की दिदैं भनिएको छ।

२७ सेप्टेम्बरमा सलमान कालो हरिण शिकार मामिलामा जोधपुर अदालतमा पेस हुँदैछन्। अदालतले यस पेसीमा सलमान उपस्थित नभए उनको जमानत खारेज गर्ने बताएको छ।

प्रकाशित मिति: : 2019-09-25 12:08:49

प्रतिकृया दिनुहोस्