परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

फाइल तस्बिर

पत्रकार आचारसंहिता–२०७३ संशोधन तथा परिमार्जन गरिएको छ । प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीका अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज यहाँ आयोजित कार्यक्रममा संयुक्त रुपमा संशोधित तथा परिमार्जित पत्रकार आचारसंहिता, २०७३ (परिमार्जित–२०७६) सार्वजनिक गरेका छन् ।

आचारसंहितालाई समसामयिक बनाई समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यअनुरुप सरोकारवाला सङ्घ–सङ्गठनका प्रतिनिधि पत्रकारहरुसँग धेरै चरणको छलफल, अन्तरक्रिया र प्राप्त रायसुझावमाथि गहन छलफलपश्चात् आचारसंहिता जारी गरिएको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए ।

सो अवसरमा कार्यवाहक अध्यक्ष श्रेष्ठले प्रविधिमा आएकोे विकासका कारण आचारसंहिता परिमार्जन गर्नुपरेको जानकारी दिए ।नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले सबै मिडियालाई समेटिएको यो आचारसंहितामा महासङ्घको पनि स्वामित्व रहेको उल्लेख गरे ।

प्रकाशित मिति: : 2019-09-23 17:46:49

प्रतिकृया दिनुहोस्