भारतका राष्ट्रपतिद्धारा मोदीलाई प्रधानमन्त्री नियुक्त, मे ३० मा सपथ ग्रहण

Agency

नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री नियुक्त भएका छन्। शनिवार सर्वसहमतिले राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को नेता छानिएपछि मोदीले राती नै राष्ट्रपति रामनाथ कोविंदसमक्ष सरकार निमार्ण गर्ने  दावी  प्रस्तुत गरेका थिए।

एनडिएको नेतासँगै राष्ट्रपतिसँग भेट गरेका मोदीलाई कोविंदले प्रधानमन्त्री नियुक्त गर्दै शपथ ग्रहण र सरकार निमार्णको निम्तो दिएका थिए।

राष्ट्रपतिसँग सरकार निमार्णको दावी गर्नुअघि भएको संसदीय दलको बैठकमा मोदीलाई पहिले भारतीय जनता दल (बिजेपी) को नेता तथा यसपछि एनडिएको नेता छानिएको थियो।

मोदीको नेतृत्वमा सन् २०१९ को चुनाव लडेको बीजेपी एक्लैले तीयसय दुई सिट प्राप्त गरेको थियो। सहयोग दलसहित बिजेपीले तीन सय ५३ सिट प्राप्त गर्यो।
भारतको गुजरात राज्यमा तीनपल्ट मुख्यमन्त्रीको पद सम्हालिसकेका मोदी २०१४ को निर्वाचनपछि भारतको प्रधानमन्त्री नियुक्त भएका थिए।

चार वर्षको कार्यकाल पूरा गरेर पुनः प्रधानमन्त्री हुने उनी पहिलो गैर-कंग्रेसी नेता हुन्। भारतीय राजनीतिमा जवहारलाल नेहरु र इन्दिरा गान्धी लगातार दोहर्याएर प्रधानमन्त्री भएका थिए।

मोदीले ३० मेमा प्रधानमन्त्री पदको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। उनी आइतबार गुजरात पुगेर आमासँग आर्शिवाद लिने र सोमबार आफ्नो संसदीय क्षेत्र वाराणसी पुग्ने कार्यक्रम छ।

प्रकाशित मिति: : 2019-05-26 07:02:32

प्रतिकृया दिनुहोस्