उनले माया मार्नै सकेनन्...

फिरोज स्याङ्देन – एउटा यस्तो नाम, जसलाई कुनै परिचयको खाँचो छैन ।  नेपाली सांगितीक क्षेत्रका एक अग्रणी व्यक्तित्व, एक चम्किला नक्षत्र । जसको नाम सुन्नासाथ मन मस्तिष्कले भनिहाल्छ, ‘परेलीमा लुकाइराख न’ । नेपाली गीत संगीतका पारखी सायदै कोही होलान् जसले उनी आबद्ध ब्यान्डलाई सुनेका छैनन् । एउटा यस्तो ब्यान्ड जसले नेपाली संगीतलाई ‘रिडिफाइन’ गर्‍यो । सबैलाई यसले आफ्नो संगीतको जादुले निथ्रुक्क भिजाएको छ । निकै लामो इतिहास बोकेको ब्यान्ड, १९७४ एडीका संस्थापक र मुख्य गायकमध्येका एक फिरोज, १९७४ एडीका ‘भेटरन’ हुन् ।

प्रकाशित मिति: : 2019-09-14 19:26:38

प्रतिकृया दिनुहोस्