भारतीय लोकसभा चुनाव : मोदीविरुद्ध उत्रिए ६ सय कलाकार र २ सय लेखक

नेपाल लाइभ

भारतीय लोकसभाको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध कलाकार तथा लेखक उत्रिएका छन्। सत्तारुढ दल भारतीय जनता पार्टीको विपक्षमा ६ सयभन्दा बढी भारतीय चलचित्रकर्मी र २ सय लेखकहरूले भोट हाल्न सर्वसाधारणलाई आह्वान गरेका छन्।

६ सय चलिचत्रकर्मीले एक पत्र लेखेर भोटमार्फत् नै भाजपा र उसका सहयोगीलाई सत्ताबाहिर पुर‍्याउन आग्रह गरेका हुन्। यसरी आग्रह गर्नेहरूमा अमोल पालेकर, नसिरुद्दिन शाह, गिरीश कर्नाड, एमके रैना र उषा गांगुलीजस्ता चर्चित रंगकर्मी पनि रहेका छन्। उनीहरूले मोदीको दल भाजपाका कारण देश र संविधान दुवै खतरामा रहेको बताएका छन्।

सो पत्रमा लेखिएको छ, 'आगामी लोकसभाको चुुनाव भारतको इतिहासकै सबैभन्दा गम्भीर चुनाव हो,' उनीहरूले पत्रमा सरकारले कला क्षेत्रको गला रेटेको आरोपसमेत लगाउँदै भनेका छन्, ‘आज देश खतरामा छ। गीत, नृत्य, हास्य सबै क्षेत्र खतरामा छन्। हाम्रो प्यारो संविधान खतरामा छ।'

प्रकाशित मिति: : 2019-04-07 01:45:47

प्रतिकृया दिनुहोस्