भारतीय चुनावः चर्चामा प्रियंका

DNA India

भारतमा भारतीय काँग्रेस पार्टी इतरका राजनीतिक दलहरु र विशेषगरी भारतीय जनता पार्टीले प्रायः उठाउने गरेको एउटा विषय हो– भारतीय काँग्रेसले आफ्नो पार्टीको नियन्त्रण आफ्नै बंश र परिवारभित्रै राख्यो।

उक्त राजनीतिक दलले परिवार तथा बंशको वरिपरि शासन व्यवस्था केन्द्रित गर्‍यो, पार्टीको ‘हाइकमाण्ड’ आफ्नै परिवारका सदस्यको घेराभित्र सीमित राख्यो भन्ने आरोप लगाउने गरिन्छ। त्यो आरोप खेप्ने परिवार हो, गान्धी परिवार।

सन् २०१४ को आमनिर्वाचनको आफ्नो प्रचार अभियानमा भारतीय जनता पार्टीका तत्कालीन नेता तथा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय काँग्रेस पार्टी नभएर भारतीय गान्धी पार्टी भनेर नामाकरण नै गरिदिएका थिए।

त्यस समय भारतीय काँग्रेस पार्टीको अध्यक्षमा सोनिया गान्धी र उपाध्यक्षमा राहुल गान्धी थिए । यसरी सो पार्टीलाई सबैभन्दा बढी परिवारवादको आरोप लगाउनेमा त्यस समयको प्रमुख विपक्षी दल भारतीय जनता पार्टी थियो । अहिले पनि यो क्रम जारी छ, जुन भारतीय जनता पार्टीमा मात्र सीमित छैन । त्यसमा पनि अहिले फेरि आलोचनाका लागि अर्की पात्र थपिएकी छिन्–प्रियंका गान्धी।

प्रियंका भारतको पहिलो तथा आजसम्मको एकमात्र महिला प्रधानमन्त्री इन्दिरा गान्धीकी नातिनी हुन्। उनी राजिव गान्धीकी छोरी हुन्। राजिव गान्धी भारतका पूर्व प्रधानमन्त्री।

प्रियंकालाई पार्टीमा यसै वर्षको सुरुमा भित्र्याइएको हो । पार्टीको महासचिवकै रुपमा भित्र्याइएकी उनलाई हालको आम निर्वाचनमा कांग्रेश पार्टीको मुख्य प्रचारकको रुपमा जिम्मेवारी दिइएको छ विगतका वर्षहरुदेखि भारतीय काँग्रेस पार्टीलाई लाग्ने गरेको आरोपबाट अहिले पनि सो पार्टी अछुतो रहन सकेको छैन।

अहिले पनि भारतमा निर्वाचनको चर्चा सुरु भएको र त्यसको केन्द्र भागमा भारतीय काँग्रेस पार्टीको परिवारवाद छ । यसअघि आफू पार्टी अध्यक्ष भएर छोरा राहुललाई उपाध्यक्षमा ल्याएको आरोप सोनियालाई लाग्ने गरेको हो र अहिले पनि त्यसमा थपिएको एक विषय हो प्रियंकाको पार्टी प्रवेश।

यतिखेर पनि निर्वाचनको प्रचार अभियान र भाषणहरुमा विपक्षीहरुले काँग्रेस पार्टीलाई परिवारवादकै आरोप लगाएका छन् र केन्द्रभागमा परेकी छिन् प्रियंका । भारतका कैयौँ बुद्धिजिबीहरुले लोकतान्त्रिक शासन प्रणालीमा कुनै परिवार तथा बंशको वरिपरि शासन व्यवस्था केन्द्रीत हुनु अस्विभाविक हो भनेका छन्।

उनीहरुले भारतको प्रजातान्त्रिक आन्दोलनमा गान्धी परिवार एउटा खम्बा हो त भन्छन् तर पनि यसैका नाममा सदा सर्वदा पार्टी उनीहरुकै वरिपरि हुनुपर्छ भन्ने मान्यता चाहिँ गलत हो भन्छन् । यसै सैद्धान्तिक पक्षसँग जोडेर अहिले भारतीय जानकारहरुले प्रियंकाको प्रवेशलाई आलोचनाको विषय बनाएका छन् । उनको विरोध भन्दा पनि गान्धी परिवारले भारतीय काँग्रेसमा वर्चस्व राखेको विषयको आलोचना भएको पाइन्छ।

भारतमा अगामी मे ११ बाट अप्रिल १९ सम्म आमनिर्वाचन हुन गइरहेको छ । सो निर्वाचन सात चरणको हुने गत मार्च १० मा निर्वाचन आयोगले घोषणा गरेको थियो।

सन् २०१४ को निर्वाचनबाट सत्तामा आएको भारतीय जनता पार्टीको यस आम निर्वाचनको परिणाम पनि आफ्नो हातका आउने दाबी छदै नै छ । तर केही महिना अगाडि भएको विधान सभाको निर्वाचनमा विजेपीले बेहोर्नु परेको हारको कारण बिजेपी फेरि सत्तामा आउनका लागि सतप्रतिशत ढुक्क हुन सक्ने अवस्था भने देखिँदैन।

विश्वको ठूलो प्रजातन्त्र भनिने भारतको राजनीतिक नेतृत्व १९४७ मा भारत स्वतन्त्र भएपछि जवाहरलाल नेहरु पहिलो प्रधानमन्त्री भए।

विगत ५ वर्ष पार्टीको उपाध्यक्ष रहेका राहुल अध्यक्ष बनेपछि गान्धी नेहरू परिवारबाट गर्नुभएको नेतृत्व लिने छैठौं व्यक्ति बनेका छन्। उनले केही महिना अगाडि आफ्नी बहिनी प्रियंकालाई महासचिव दिएपछि आलोचना भएको थियो । राहुलकी आमा सोनिया सन् १९९८ देखि २० वर्ष काँग्रेसको अध्यक्ष बनेकोमा नै बढी आलोचना भएको थियो। आलोचना विपक्षी र सो पार्टी भित्र पनि नहुने होइन।

पार्टीभित्र पनि अरुलाई अवसर नदिइएको भनी आलोचना हुने गर्छ । तर, सो परिवारले गुमाएका अवसरहरुबारे पनि भारतीय समाजले चर्चा गर्नु जरूरि छ।

उनीहरुका परिवारका सदस्यहरु जस्तै स्वतन्त्रता संग्रामका समयमा महात्मा गान्धीको साथमा जवाहरलाल नेहरुलगायतका भारतीय नेताको पनि उल्लेख्य योगदान थियो । गान्धी परिवारका इन्दिरा गान्धी तथा राजिव गान्धीको प्रधानमन्त्री भएकै समयमा भएका हत्या गान्धी परिवारले भारतीय राजनीतिमा लागेकै कारण भएका थिए।

गान्धी परिवारको भारतीय राजनीतिमा गरेको त्याग विरलै अन्य परिवारबाट भएका छन् । त्यसको मूल्याङ्कन कतिपय भारतीयले नगर्ने गरेको गान्धी परिवारको गुनासो रहने गरेको छ।

गत फेब्रुअरीको पहिलो हप्ता काँग्रेस पार्टीको महासचिवको कार्यभार सम्हालेकी प्रियंकालाई उत्तर प्रदेशको पूर्वाञ्चल क्षेत्रको जिम्मेवारी दिइएको थियो । महासचिव बनेसँगै प्रियंकाले सक्रिय राजनीतिमा पाइला चालेकी हुन् । तर यसअघि पनि उनी कांग्रेसमा पर्दा पछाडि बसेर काम गरिरहेकी थिइन् । सन् २०१८ मा भएको गुजरात विधानसभा निर्वाचनमा प्रियंकाले राम्रो चुनावी व्यवस्थापन गरेको कांग्रेस नेताहरुको दाबी रहेको छ ।

सानासाना कुरामा उनले ध्यान दिने उनको बानीले चुनाबमा प्रचार राम्रो भएको थियो । प्रचारको पनि त्यति भोगी नभएकी उनको सन् २०१८ को चुनावी अभियानका बेलामा आफ्नो तस्वीर कतै पनि नआओस् भनी सावधानी अपनाएकी थिइन् । व्यक्तिहरुको ध्यान कांग्रेस अध्यक्ष राहुल गान्धीमै केन्द्रित होस् भन्ने उनको चाहना रहेको थियो।

उनको यो चुस्त व्यवस्थापन कलाको भित्रभित्रै विश्लेषण गरेको काँग्रेस नेतृत्वले प्रियंकालाई पार्टीको पदाधिकारीमा सिफारिश गर्ने सोँच उ समयमै बनाएको थियो । तर पनि पार्टी पंक्तिमा बसेर काम गर्ने इच्छा उनले त्यस समय भने नदेखाएको धेरैको तर्क छ ।

कतिपयको विश्लेषण छ– रुप, रङ, लवाई खुवाई, व्यवहार, शैली इन्दिरा गान्धीको जस्तै छ त्यसैले उनी भारतको उच्च नेता बन्छिन्।

कांग्रेसको प्रमुख प्रचारकको रुपमा रहेकी प्रियंकाको नम्रताले पनि हाल भारतमा धेरै व्यक्तिको मन छोएको बताइन्छ ।

भारतलाई माया गर्ने व्यक्तिहरुमा प्रियंकाको साधारण व्यक्तित्वले प्रभाव पारेको छ भनिन्छ । सन् १९७२ को जनवरी १२ मा जन्मिएकी प्रियंकाले मोडर्न स्कूलबाट विद्यालय स्तरको शिक्षा हासिल गरेकी हुन् । दिल्ली विश्वविद्यालयको जिसस एन्ड मेरी कलेजबाट उनले मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन्।

सन् १९९७ मा व्यापारी रोबर्ट वाड्रासँग उनको विवाह भयो । सन् २००४ को चुनावमा उनले आमा सोनिया गान्धीको निर्वाचन प्रचारकको रुपमा काम गरेकी थिइन्। राहुल काँग्रेसको अध्यक्ष बनेपछि प्रियंका निकै सक्रिय थिइन् तर पछि राहुलको सक्रियताका कारण पनि उनी पर्दा पछाडि बसेर काम गरेको बताइन्छ।

अझ गान्धीहरूको निर्वाचन क्षेत्र अमेठी र रायबरेलीमा पनि प्रियंकाको चर्चा कम हुन थाल्यो । कांग्रेसमा यदाकदा प्रियंका गान्धीलाई सन् २०१९ को लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई टक्कर दिने अनुहारका रूपमा प्रस्तुत गर्नुपर्ने माग पनि उठेको हो । तर सोनिया गान्धी राहुललाई मात्र नेतृत्वको अनुहारका रूपमा देखाउन चाहन्थिन् ।

किनभने प्रियंकाले राजनीतिमा पाइला राख्दा नै दिदीभाईको बीचमा आम नागरिकले तुलना गर्न थाल्ने सोनियाको बुझाइ थियो । यसले गर्दा पार्टीमा गुटबन्दी हुन सक्ने पनि उनको अनुमान थियो । तर त्यस अनुमानलाई लत्याउँदै सोनिया गान्धीले अहिले प्रियंकालाई सक्रिय राजनीतिमा प्रवेश गर्ने अनुमति दिएकी हुन् ।

काँग्रेसको आलोचना विगतमा जस्तै छ, उही परिवारवाद । तर पनि एकपछि अर्कोगरी सदा परिवारवादको आरोप लाग्ने गरेकै गान्धी परिवारबाट निस्किएका नयाँ नयाँ सदस्यहरुका कारण आशा पनि थपिँदै छ । यही आशाको केन्द्रमा पछिल्लो समयमा राहुल र प्रियंका रहेका छन् ।

प्रकाशित मिति: : 2019-04-06 23:06:37

प्रतिकृया दिनुहोस्