भारतीय काँग्रेस परिवारवाद र पैसाले चलेको मोदीको टिप्पणी

तस्बिरः एजेन्सी

भारतीय प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेस पार्टी परिवारवाद र पैसाको भरमा चलेको टिप्पणी गरेका छन्।

शनिबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले काँग्रेसको नाम उल्लेख नगरी भने, ‘कुनै पार्टी परिवारवाद र पैसाको भरमा चलेका छन्, भारतीय जनता पार्टी भने जनताको रगत र पसिनाले चलेको हो।’

काँग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री मोदीले आफ्नो पार्टीका लागि जनताले धेरै मेहनत गरेको बताए।

कतिपयले पार्टीकै लागि सम्पूर्ण जीवन विताएको उनले स्मरण गरे। आफ्नो पार्टीमा काम गर्नेहरुले देश र जनताको हितका लागि काम गरेको प्रधानमन्त्री मोदीको भनाई छ ।

प्रकाशित मिति: : 2019-04-06 23:04:14

प्रतिकृया दिनुहोस्