अमेरिकी विदेशमन्त्री भन्छन्- उत्तर कोरियासँग पुनः वार्ता हुन्छ

तस्बिरः एजेन्सी

उत्तर कोरियाले अमेरिकासँगको वार्ता भंग भएको सार्वजनिक भरेको तीन एक साता नवित्दै अमेरिकी विदेशमन्त्री माइक पेम्पेओले वार्ता फेरि हुन सक्ने बताएका छन।
अमेरिकाको ‘बी ९८ एफएम’ले लिएको अन्तर्वार्तामा विदेशमन्त्री पेम्पेओले भनेका छन्- 'हामीलाई विश्वास छ कि हामी पुन: वार्ताको टेवलमा वस्ने छौँ। उत्तर कोरियाले आफ्ना प्रतिवद्धताहरू पालना गरिरहेको छ। यसले वार्ताको वातावरणलाई सहज बनाइरहने छ।' पेम्पेओले अगाडि भनेका छन्- 'उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्नसक्ने सम्भावना बढको छ।'

उत्तर कोरियाको निशस्त्रीकरणको विषय अमेरिका र उत्तर कोरियाबीचको आपसी चासोको विषय भएकोले यस विषयमा आवश्यकताअनुसार पुनः वार्ता हुन सक्छ, उनले भनेका छ। उत्तर कोरियाबिरुद्द अमेरिकाले इतिहासकै सबैभन्दा ठूलो नाकावन्दी लगाएको बताउँदै पेम्पेओले 'अमेरिकाले इतिहासकै सबैभन्दा महत्वपूर्ण कूटनीतिक वार्ताहरु पनि गरेको' बताए।

हनोइमा अमेरिका र उत्तर कोरियाबीचमा भएको उच्चस्तरीय वार्तामा केही प्रगति भने भएको धारणा समेत पेम्पेओले सार्वजनिक गरेका थिए। उत्तर कोरियाको आणविक कार्यक्रम यस दशककै गाह्रो विषय भएकोले यसमा अरु केही वार्ताहरु पनि गर्नुपर्ने धारण सार्वजानिक गरेका थिए।सिंगापुरमा गत वर्ष भएको वार्तापछि केही हप्तामात्र अघि भियतनामको हनोइमा महत्वपूर्ण वार्ता भएको थियो। 'थोरै मात्र भए पनि प्रगति भएको छ, यसलाई हामी आगामी दिनका लागि पनि निरन्तरता दिन चाहन्छौँ', विदेशमन्त्री पम्पेओले भनेका छन्।

केही दिनमात्र अघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने संयुक्त राज्य अमेरिकाले उसमाथि नाकाबन्दी लगाउने बताएका थिए।। त्यसको केही दिनपछि नै सोमबार अमेरिकी विदेशमन्त्रीको यो धारणा आएको छ।

अमेरिका र उत्तर कोरियाबीच गतवर्ष भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निशस्त्रीकरणको विषयमा सहमत भएको बताइएको थियो। तर पनि उत्तर कोरियाले आणविकशस्त्र मुक्त बनाउने पक्षमा कुनै काम नगरेको अमेरिकाको आरोप छ। उत्तर कोरियाले भने आफू 'निशस्त्रीकरणको बाटोमा रहेको'। दावी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ मा भियतनामको हनोइमा दोस्रो चरणको वार्ता भएको थियो। वार्तामा कुनै उल्लेखनीय विषयमा सहमति नभएको बताइएको थियो। तर हनोइ वार्ता सकारात्मक र प्रगतिउन्मुख रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिँदै आएका छन। अमेरिका र उत्तर कोरियाबीचको पहिलो चरणको वार्ता गत वर्षको जुनमा सिंगापुरमा भएको थियो। 

प्रकाशित मिति: : 2019-03-20 01:00:05

प्रतिकृया दिनुहोस्