बिप्लव समूहका नेतालाई राज्य विरूद्धको मुद्दा

तस्बिरः बिएल

सरकारले कम्युनिस्ट पार्टीका बिप्लव समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीलाई राजद्रोहको मुद्दा चलाएको छ।

शुक्रबार राति ललितपुरबाट पक्राउ गरेका नेता कार्कीबिरुद्ध राज्य बिद्रोहको मुद्दा चलाएको प्रहरीले जानकारी दिएको छ।

सरकारले प्रतिबन्द घोषणा गरे लगत्तै पक्राउ परेका नेता कार्कीलाई आईतबार जिल्ला अदालत काठमाडौंबाट राज्य विरूद्धको मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला अदालतका न्यायाधीश रमेशराज पोख्रेलले ५ दिनको म्याद दिएका हुन्। त्यसैगरी अखिल किसान महासंघ क्रान्तिकारीका संयोजक राजु कार्की र केदार खतिवडालाई थप ४ दिन म्याद थप गरेको छ।

त्यस्तै युवा संगठनका जयराम डंगोललाई तीन दिन म्याद थप गरेको छ। पक्राउ परेका चारै जनालाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ।

मुलुकी अपराध संहिता अनुसार यो अपराधमा २५ वर्षसम्म सजाय हुने व्यवस्था छ।

यसअघि कार्कीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको थियो। क्रसर उद्योगमा बम बिस्फोट गराएको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरे पनि अदालतले साधारण तारेखमा रिहा गरेको थियो।

प्रकाशित मिति: : 2019-03-17 21:13:16

प्रतिकृया दिनुहोस्