ब्रेक्जिटलाई पछि सार्ने विषयमा संसदबाट निर्णय लिइनेः प्रधानमन्त्री मे

एएफपी

यूरोपेली यूनियन (इयू) सँग गरेको सम्झौता अनुमोदन नगर्ने र इयूबाट सम्झौताहिन बहिर्गमन गर्नुपर्ने सम्भावना देखिए ब्रेक्जिटलाई पछि सार्ने वा नसार्ने विषयमा निर्णय लिन संसदको सहारा लिने बेलायती प्रधानमन्त्री टेरिजा मे बताएकी छन्।

प्रधानमन्त्री मेले इजिप्टमा हुने युरोपेली तथा अरब मुलुकका नेताहरूको सम्मेलनमा सहभागी हुन जाने क्रममा बोल्दै उक्त कुरा बताएकी हुन्।

‘यदि ती दुबै विकल्पहरू अस्वीकृत भएमा सरकारले आगामी मार्च १४ मा संसदमा धारा ५० अन्तर्गत तोकिएको बहिर्गमन प्रक्रियालाई छोटो तर निश्चित समयका लागि पर सार्न मतदानमार्फत सांसदहरूबाट अनुमति लिने निर्णय मेरो रहेको छ,’ प्रधानमन्धी मेले भनिन्।

उनले बहिर्गमन प्रक्रियामा हुने ढिलाई आगामी जुनसम्मका लागि पछि सार्नेबारे संसदमा छलफल गरिने बताइन्।

युरोपेली युनियन (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) विषयमा यस साता संसद्मा हुने भनिएको मतदान केही पर सर्नसक्ने बेलायतकी प्रधानमन्त्री टरिजा मेले दुई दिन पहिलेनै बताएकी थिइन्।

प्रकाशित मिति: : 2019-02-26 22:47:45

प्रतिकृया दिनुहोस्