कोरियाली युद्व सकिएको घोषणा गरिने अनुमान

एएफपी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्चस्तरीय नेता किम जोङ उनको भियतनामको हनोइमा हुन गइरहेको शिखर सम्मेलनमा कोरियाली प्रायःद्वीपमा १९५० बाट ५३ सम्म सुरु भएको कोरियाली युद्ध सकिएको घोषणा हुने दक्षिण कोरियाले आशा गरेको छ ।

दुई नेताबीच हुने भेटवार्तापछि यस सम्झौतामा पुग्न सकिने आशा गरिएको हो। कम्युनिष्ट शासन रहेको उत्तर कोरियालाई चीनको समर्थन रहेको छ भने पूँजीवादी शासन व्यवस्थामा विश्वास गर्ने दक्षिण कोरियालाई अमेरिकाको समर्थन रहेको छ ।

यसैकारण प्योङ्याङ् र वासिङ्टनबीचको युद्व प्राविधिकरुपमा जारी रहेको देखिन्छ । युद्व अन्त्यको सम्झौता हुने आफूले विश्वास गरेको औपचारिक घोषणाको क्रममा व्लु हाउसका प्रवक्ता कि इवी केओमले बताए।

कुन किसिमको घोषणा हुन्छ हाल यस विषयमा थाहा नभएको तर अमेरिका र उत्तर कोरिया एक सम्झौतामा पुग्ने विश्वास गरिएको उनले बताए।

हनोइमा यही फेब्रुअरी २७ र २८ मा भेटवार्ता हुनेछ। अमेरिकी राष्ट्रपति ट्रम्प पनि मङ्गलबार नै हनोई पुग्ने कार्यक्रम छ।

उनीहरुबीचको पहिलो बैठक गत वर्षको जुन १२ मा सिंगापुरमा भएको थियो। सिंगापुरपछिको यो निकै चर्चित भेटवार्ता हो।

प्रकाशित मिति: : 2019-02-25 23:18:35

प्रतिकृया दिनुहोस्