पाकिस्तानकाे सर्वाेच्च अदालतले आर्मी चिफ जनरल कमर जावेद बाजवाकाे कार्यकाल ६ महिनाका लागि बढाउने निर्णय गरेकाे छ। प्रधानमन्त्री इमरान खानले हालै बाजवाकाे कार्यकाल ३ वर्ष बढाउने प्रस्ताव राखेका थिए। प्रधानमन्त्रीकाे याे प्रस्ताव विरुद्ध अदालतमा मुद्धा परेकाे थियाे। अदालतले बिहीबार यसकाे अन्तिम निर्णय सुनाउने क्रममा बाजवाकाे कार्यकाल ६ महिना बढाउन स्विकृति प्रदान गरेकाे हाे।