हङकङको मुद्धामा चीनद्धारा अमेरिकी राजदूतसँग फेरि बयान

Agency

हङकङमा जारी चीन विरोधी प्रदर्शनलाई अमेरिकाले मलजल गरेको भन्दै चिनियाँ सरकारले अमेरिकी राजदूत टेरी ब्रेनस्टेडसँग सोमबार फेरि बयान लिएको छ।

हङकङमा मानवअधिकार र लोकतन्त्रसम्बन्धि नयाँ कानुन पारित गर्न लागेको भन्दै स्थानीय हङकङवासीले सरकार विरोधी अभियान जारी राखेका छन्। केही महिनायता चीन विरोधी अभियानमा लाखौं जनता सडकमा उत्रिसकेका छन्।

चीनले आफ्नो सरकारको विरोधमा अमेरिकाले हङकङवासीलाई उकासेको आरोप लगाउँदै आइरहेको छ। यसै सम्बन्धमा विदेश मन्त्रालयले अमेरिकी राजदूत टेरीलाई बोलाएर चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सुझाव दिएको छ।

दक्षिण चाइना मर्निङ पोस्टले विदेश मन्त्रालयको बयानलाई उधृत गर्दै चीनका विदेश मन्त्री झ्याङ जियाङ्गको भनाई छापेको छ, ‘यो पहिलो घटना हो। एक साताको अवधिमा हङकङको मुद्धालाई लिएर चीन सरकारले अमेरिकी राजदूतलाई बयानका लागि बोलाएको।’

२१ नोभेम्बरमा अमेरिकी प्रतिनिधि सभामा भएको मतदानमा हङकङको मानवअधिकार र लोकतन्त्रमाथि ४ सय १७ भोट प्राप्त भएको थियो।

 

प्रकाशित मिति: : 2019-11-26 14:18:50

प्रतिकृया दिनुहोस्