अखिल भारत प्रवासी नेपाली संघ महाराष्ट्रको अध्यक्षमा पुनः डल्लाकोटी निर्वाचित

बिएल

नेकपा माले निकट प्रवासी अखिल भारत प्रवासी नेपाली संघ महाराष्ट्रको प्रथम राज्य सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले तीनको वर्षे कार्यकालका लागि पुनः ओमप्रसाद डल्लाकोटी अध्यक्षमा निर्वाचित गरेको छ।

डल्लाकोटी अध्यक्ष रहेको १५ सदस्यीय महाराष्ट्र राज्य समितिको, उपाध्यक्षमा सरिता गिरि र युबराज गुरुङ, सचिब मोहन गतराज, उप–सचिबमा चन्द्र शाह, कोषाध्यक्ष प्रकाश रसाईली, सदस्यहरुमा भरत कुवँर, निर्मला सोनार, टेक शाह, देवी गुरुङ, टिका पाण्डे, पार्वती नेपाली रहेको अखिल भारत प्रवासी नेपाली संघले जानकारी दिएको छ। त्यस्तै समितिको सल्लाकारहरुमा एक सदस्य पछि थप्ने गरि, हिर्णय कुवँर र अभय शर्मा चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माले स्थायी समिति सदस्य दिनानाथ घिमिरे, बिशेष अतिथिहरुमा अखिल भारत प्रवनसी नेपाली संघ, भारत प्रवास ब्युरो इन्चार्ज परशुराम लामिछाने, नेकपा माले केन्दिय सल्लाहकार हिरण्य कुवँर, नेकपा माले चितवनका सदस्य समिन बहादुर कार्की, अथितिहरुमा अभाप्रनेसंघ केन्दिय सदस्यहरु युबराज गुरुङ, सरिता गिरी, मुलप्रबाह एकता समाज केन्दिय सचिव ईन्द्र भेटाल रहेका थिए।

कार्यक्रममा वक्ताहरुले देशको पछिल्लो राजनीतिक अबस्था र सीमा बिवादका सन्दर्भमा धारणा राखे।

प्रकाशित मिति: : 2019-11-26 08:27:57

प्रतिकृया दिनुहोस्