गोर्खा हिन्दू धर्म सेवक/सेविका संघ म्यान्मारको भेटघाट सम्पन्न

बिएल

दक्षिण श्यान प्रान्तीय गोर्खा हिन्दू धर्म सेवक–सेविका संघ म्यान्मारको भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

टाउँजी शाखा अन्तर्गतको सरस्वती मन्दिरमा भएको कार्यक्रममा श्यान प्रान्तका संघचालक, संघचालिका, शिक्षक, शिक्षिको सहभागिता रहेको दक्षिण श्यान प्रान्तीय गोर्खा हिन्दू धर्म सेवक–सेविका संघले जानकारी दिएको छ।

भेटघाट कार्यक्रममा पुस्तक, लोखु टिटिसी जाने, शिक्षण सञ्चालन र शिक्षण शिविर लगायतका बिषयमा छलफल भएको थियो। भेटघाट कार्यक्रमको संचालनमा शिक्षक निर्मल भट्टराई, लेखकमा शिक्षिका मेनुकादेवी न्यौपाने, अवतरण प्रस्तुतमा शिक्षिका चन्द्रादेवि पौड्याल, संघगीत प्रस्तुतमा शिक्षिका सुमनदेवि भट्टराई गरेका थिए।

संचालक विष्णुप्रसाद अधिकारी, संघचालिका पवित्रा लामा, संघप्रचारक चन्द्रमणी भट्टराई, संघप्रेमी डोलमाया गौतम, शिक्षक मंगल न्यौपाने, शिव निरौला, रवि आचार्य, निर्मल भट्टराई, शिक्षिका मेनुकादेवि न्यौपाने, रोमादेवि न्यौपाने, ज्योति ढकाल, सुमन भट्टराई, सोनिया न्यौपाने, विन्दु खनाल चन्द्रादेवि पौड्याल लगायतको उपस्थिति थियो।

साथै आगामी भेटघाट कार्यक्रमलाई येपुमा सम्पन्न गरिने निर्णय गरिएको छ।

प्रकाशित मिति: : 2019-11-25 16:22:22

प्रतिकृया दिनुहोस्