काठमाडौं । भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले इंग्ल्याण्ड र वेल्समा जारी एक दिवसीय विश्वकपमा पाँच वटा शतक बनाएर नयाँ कीर्तिमान रचेका छन्।
शनिबार श्रीलंकाबिरूद्ध पाँचौ सतक प्रहार गर्दै उनले कीर्तिमान रचेका हुन्।
क्रिकेट जगतमा 'हिटम्यान' को उपनामले समेत चर्चित रोहित शर्माले पाकिस्तानको विरुद्ध १४० रन बनाएका थिए।
बंगलादेशविरुद्ध १०४ रन, इङ्ग्ल्याण्डविरुद्ध १०२, दक्षिण अफ्रिका विरुद्ध अविजित १२२ तथा श्रीलंकाविरूद्ध १०३ रन बनाए।
शनिबार आफ्नो जीवनको १६ औं विश्वकप खेल खेल्दै ३२ वर्षीय रोहितले ९२ बलमै एक सय रन पूरा गरे। यो सँगै उनले भारतकै अर्का ब्याट्सम्यान सचिन तेन्दुलकर सरह विश्वकपमा ६ शतक बनाएका छन्।
तेन्दुलकरले उक्त विश्व कीर्तिमान रच्न ४४ खेल खेलेका थिए।
हाल जारी विश्वकपमा मात्र रोहितले ९ खेलमा ९२.४२ औषतमा ६४७ रन बनाइसकेका छन्। जसमा ५ सतक र १ अर्धसतक प्रहार गरेका छन्।
रोहित शर्माले बनाएका रेकर्ड र खेलको क्रममा बनेका अन्य रेकर्डहरुलाई यहाँ प्रस्तुत गरेका छौँ।
१. एकै विश्वकपमा ५ वटा शतक
122* v
यो पनि ...
१ . तेस्राे स्थानकाे लागि क्रोएसिया र मोरक्को भिड्दै
२ . मन्त्री नपाए माधव नेपालको साथ छाड्ने चौधरी र आलेको चेतावनी
३ . प्रहरी घरमा पुगेको थाहा पाएपछि भाग्न खोजिरहेका थिए पूर्वगृहमन्त्री खाँण
४ . ओलीलाई हटाएर माधव नेपाल बने अध्यक्ष
५ . सुरु भयो इन्द्रजात्रा, लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान
प्रकाशित मिति: : 2019-07-07 08:57:01