एजेन्सी
घरेलु टोली ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेस गरेको छ।
बुधबार बिहान अर्जेन्टिनालाई २–० गोल अन्तरले हराउँदै ब्राजिल उपाधि नजिक पुगेको हो।
ब्राजिलको जितमा ग्याब्रियल जिसस र रोबर्टो फिर्मिन्होले समान १-१ गोल गरे।
खेलको १९ औं मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै ब्राजिललाई सुरूवाती अग्रता दिलाएका थिए ।
फिर्मिन्होको पासमा जिससले घरेलु टोलीलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए।
खेलको ७१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।
खेलमा अधिकांश बल नियन्त्रणमा लिएको अर्जेन्टिनाले गोल गर्न नसक्दा यसअघिको फाइनलिस्ट अर्जेन्टिना सेमिफाइनलबाटै बाहिरियो।
उपाधिका लागि ब्राजिलले अब चिली र पेरूबीचको विजेतासँग खेल्नेछ।