काठमाडौं ।
मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिता २०१९ अन्तर्गत अहिले नेपाल र चीन भिड्दैछन्। किनारा ओभल क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ गरिरहेको छ।
नेपालले आजको खेलमा राशिद खान, कुशल मल्ल र विशाल केसीलाई आराम दिएको छ। लेग स्पिनर तिलक भण्डारी र ब्याट्सम्यान खडक बोहराले यू १९ टोलीमा डेब्यू गरेका छन्।
यसअघि चीन पहिलो खेलमा सिंगापुरसँग ८ विकेटले पराजित भएको थियो।
समूह ‘ए’ मा नेपाल, सिंगापुर र चीन छन्। नेपालको समूहबाट म्यानमारले नाम फिर्ता लिएको छ। समूह ‘बी’ मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन्।
दुवै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा ९ जुलाईमा हुने छ ।
प्रतियोगिताको विजेताले श्रीलंकामा हुने यू-१९ एसिया कपमा सहभागिता जनाउनेछ।