नेपालले तिब्बतीमूलका अमेरिकी नागरिक पेन्पा छिरिङलाई ‘इन्ट्री रिफ्युज’ गरी फर्काइ दिएको छ । भारतको नयाँदिल्ली हुँदै आइतबार काठमाडौं आएका पेन्पा ‘दलाई लामाका प्रतिनिधि रहेको र चीनको खोजी सूचीमा रहेको’ सूचना पाएपछि उनलाई अध्यागमन अधिकारीले त्रिभुवन विमानस्थलबाटै फर्काइएको हो ।
चीनले पेन्पालाई पक्राउ गरी बुझाउन भने पनि नेपाल सरकारले त्यसबाट अमेरिका रिसाउने भएकाले उनलाई विमानस्थलबाटै फिर्ता पठाइएको बताइएको छ ।
पेन्पा विमानस्थलमा आउको थाहा पाएलगत्तै अध्यागमन अधिकारीहरूले त्यसको जानकारी च्यानलमार्फत् गृहमन्त्री रामबहादुर थापासम्म पुर्याएका थिए । थापाले गृहसचिव प्रेमकुमार राई र अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलसँग छलफल गरेर पेन्पालाई अध्यागमनबाटै फिर्ता गर्न अह्राए ।