प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजकसहित १२ जनाले गरे बलात्कार !

बुटवल–असार २ गते दुई युवतीसँगै बसेर विष्णु थारु चौधरीले रेष्टुरेण्टमा मदिरा पिए। मदिरा पिइसकेपछि तीनै जनासँगै घर फर्किदै थिए। घर फर्किने क्रममा विष्णुले गाउँका अरु केही युवालाई बोलाए र २२/२३ वर्षे दुई युवतीमाथि सामूहिक रुपमा बलात्कार गरे।

त्यसैक्रममा शर्मिला (नाम परिवर्तन) भागिन्। उनले गुहार मागिन्। चिच्याएको आवाज सुनेपछि गाउँका केही युवा घटनास्थलमा आए। गुहार मागेपछि आएका ती युवाले गुहार दिएनन्। २ युवतीलाई १२ युवाले बलात्कार गरे।

घटना विवरणअनुसार रुपन्देहीको गैडहवा गाउँपालिका ९ का उनीहरु नागेश्वरी चोकमा थारुले बोलाएर खाजा खान आएका थिए।

 

प्रकाशित मिति: : 2019-06-25 09:34:20

प्रतिकृया दिनुहोस्