किन हराउँछन् मान्छे ?

काठमाडौं : टोखाकी १५ वर्षीया किशोरी विगत १० दिनदेखि हराइरहेकी थिइन् । सुरुमा परिवारले आफन्त र छिमेकमा बुझे । फेला पारेनन् । एसईई दिएर बसेकी छोरी हराएपछि अभिभावकले उनका साथीसँग बुझे ।

उनी एक किशोरसँग भारतको उत्तर प्रदेश पुगेको सूचना आयो । उमेर नपुगीकनै छोरी किशोरसँग हिँडेपछि बाबुआमा चिन्तित नहुने कुरै भएन ।

घटना महानगरीय प्रहरी परिसर टेकुसम्म पुग्यो । प्रहरीले कल लोकेसनका आधारमा उत्तर प्रदेशको झाँसीमा किशोरी देखियो । प्रहरीले परिवारकै विशेष आग्रहमा किशोरीलाई काठमाडौं ल्याउँदैछ ।

प्रकाशित मिति: : 2019-06-25 09:24:20

प्रतिकृया दिनुहोस्