एअर क्यानडाले विमानभित्र निदाएकी एक महिला यात्रुलाई विमानमै 'पार्किङ' गराएपछि.....

टिफनी एडम्सलाई एक्लै छोडेको एयर क्यानडाको विमान । फाइल तस्बिर : बीबीसी

एअर क्यानडाले उडानका बेला निदाएकी एक महिलालाई पार्किङ गरिएको विमानमा एक्लै छोडेको घटना अहिले क्यानडामा चर्चाको चुलीमा छ। 

यस घटनालाई एयर क्यानडाले गम्भीर गल्ती भन्दै अनुसन्धान अगाडि बढाएको बताएको छ।

समाचारअनुसार गत जुन ९ मा क्युबेकबाट टोरन्टो जान विमान चढेकी टिफनी एडम्स निदाइन् र बिउँझिदा उनले आफूलाई सिटमा पेटी बाँधेकै अवस्थामा पाइन्।

विमानस्थलमा पार्क गरिएको विमानभित्र कठ्याङ्ग्रिने जाडोमा उनलाई एक्लै छोडिएको थियो। 

विमान अवतरण गरेको केही घण्टापछि मध्यराततिर आफू बिउँझिएको र त्यतिबेला एकदमै जाडो र निस्पट्ट अन्धकार भएको विवरण एडम्सले फेसबुकमा लेखेकी छन्। उनका अनुसार त्यो "डरलाग्दो" अनुभव थियो।फोनबाट साथीलाई आफ्नो परिस्थितिबारे जानकारी दिँदै गर्दा एक मिनेट पनि नभई उनको फोनको ब्याट्री सकियो। विमान पूरै बन्द भएकाले उनले फोन चार्ज पनि गर्न पाइनन्।

एडम्सकी साथीले विमानस्थलमा फोन गरेर एडम्स विमानभित्र अलपत्र परेको जानकारी गराइन्।

विमानको ककपिटमा भेटिएको एउटा टर्च बालेर अरूको ध्यानाकर्षित गर्ने प्रयास गरेकी एडम्सलाई देखेरे विमानबाट सामान ओसार्ने एक कर्मचारीले आश्चर्यचकित भएका थिए ।

उद्धार गर्न आएका एअर क्यानडा विमानसेवाका कर्मचारीले उनलाई गाडी र होटलको व्यवस्था गर्ने बताए पनि उनले अस्विकार गरेकी थिइन् ।

प्रकाशित मिति: : 2019-06-24 11:48:28

प्रतिकृया दिनुहोस्