नेपालमा मनसुनसँगै सुरू भयो असारे झरी

पानीको रिमझिम वर्षाको बेला: धित मारेर किन रूझेकी ? तस्बिर : रासस

नेपालमा आइतबारदेखि मनसुन सुरूभएसँगै असारे झरी सुरू भएको छ। नेपालमा जुन १० देखि मनसुन हुने भए पनि यो वर्ष १० दिन ढिलो जुन २० बाट मात्र सुरू भएको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार ढिलो गरी सुरु भए पनि मनसुन एकसाथ देशको पूर्वदेखि पश्चिमसम्मै सक्रिय भएको छ । पछिल्लो २४ घण्टामा पूर्व र मध्य क्षेत्रसँगै सुदूरपश्चिममा अधिकांश स्थानमा वर्षा हुनथालेको छ।

मौसम सुरू भएको पहिलो दिन काठमाण्डूमा २४ मिलिमिटर वर्षा भएको छ भने  नेपालगन्जमा ७९, वीरेन्द्रनगरमा ३४ र धनगढीमा ९ मिलिमिटर वर्षा भएको छ।

वर्षा हुने क्रम आउने दिनमा जारी रहने जनाउँदै विभागले हिमाली भेगमा हिमपात हुने क्रम पनि सुरु भइसकेको जनाएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार  नेपालमा सामान्य अवस्थामा जुन १० देखि सेप्टेम्बर २३ सम्म लगभग १०० दिन मनसुन सक्रिय हुँदा कुल वर्षाको झन्डै ८० प्रतिशत वर्षा हुने गर्छ।

 

प्रकाशित मिति: : 2019-06-24 00:43:06

प्रतिकृया दिनुहोस्