१२ कक्षालाई मात्र 'नो अब्जेक्सन लेटर' दिने सरकारी निर्णय रोक्का हुँदा अस्ट्रेलियामा खुशी

१२ कक्षालाई मात्र 'नो अब्जेक्सन लेटर' दिने सरकारी निर्णय रोक्का हुँदा अस्ट्रेलियामा खुशी : प्रतिकात्मक तस्बिर । बीएल मिडिया ग्राफिक्स ।

१२ कक्षा पास गरेकालाई मात्र उच्च शिक्षाका लागि विदेश जान स्वीकृति दिने सरकारी निर्णयमाथि सर्वोच्च अदालतले तत्कालका लागि रोक लगाएको छ। 

न्यायाधीश सुष्मालता माथेमाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गत जेठ २९ गते जारी भएको सूचना कार्यान्वयन नगर्नु नगराउनु भनी आदेश दिएकी हुन् । उनले १५ दिनभित्र महान्याधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश पनि जारी गरेकी छिन् ।

अधिवक्ता रामदत्त ओझाले उत्प्रेषणको आदेश माग गर्दै दायर गरेको रिटमा सुनुवाई गर्दै उनले आगामी आइतबार अर्को पेशी तोकेकी छिन् । 

एसईई गरेलगत्तै विद्यार्थी जापान, अस्ट्रेलिया, अमेरिका जाने क्रम बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत जेठ २९ गते सूचना जारी गर्दै १२ कक्षा उत्तीर्णलाई मात्रै उच्चशिक्षा अध्ययनका लागि विदेश जान स्वीकृति (नो अब्जेक्सन लेटर) दिने निर्णय गरेको थियो। 

प्रकाशित मिति: : 2019-06-22 10:55:29

प्रतिकृया दिनुहोस्