काठमाडौं – किङ बिच ४० वर्षअघि पहिलोपटक पिसकोर स्वयंसेवकको रुपमा नेपाल आएका थिए।
धुलिखेलमा तीन महिना नेपाली भाषा सिकेर सुर्खेतको गुमी गाउँस्थित एउटा सरकारी विद्यालयमा पढाउन गएका उनी झण्डै तीन वर्ष उतै बसे। दुई–तीन महिनामा एकचोटि मात्रै केही दिनका लागि काठमाडौं आउँथे।
अमेरिका फर्केर कलेज भर्ना भए। प्राध्यापक भए। पाँच वर्षअघि प्राध्यापनबाट पूर्णतः अवकाश लिएपछि उनी फेरि नेपालमै सक्रिय हुन थालेका छन्।
उनको नयाँ मिशन छ – नेपालको हिमाली भेगमा शिक्षा क्षेत्रमा काम गर्ने, ताकि त्यहाँका बालबालिका वर्षौंसम्म परिवार–समुदायबाट अलग भई काठमाडौंका गुम्बाहरूमा बस्न नपरोस्।