काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।
सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी विधेयकबारे सर्वत्र आलोचना भइरहँदा प्रधानमन्त्रीले आजको बैठकमा सम्बोधन गर्न लागेका हुन्।
आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधनका लागि सभामुखसँग समय मागेका थिए।
यसअघि हिजो प्रधानमन्त्रीले विधेयकबारे विभागीय मन्त्रीभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल तथा उपत्यकाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् तथा स्थानीय जनप्रतिनिधिसँग परामर्श गरेका थिए।
आइतबार युरोप भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीको सक्रियता गुठी विधेयकमा देखिएका समस्या समाधानमा केन्द्रीत छ।
गुठी विधेयकलाई लिएर नेवार समूदायले थालेको आन्दोलन, लोकसेवा आयोगको विज्ञापनलगायत विषयमा प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्ने तयारी गरेका छन्।