घटना र तिथिमिति कण्ठ गर्न सक्ने भएकाले लाेक सेवा आयाेगकाे परीक्षा पास गर्न सक्छु जस्ताे लागेकाे छ तातोपानी गाउँपालिका ताम्तिका विशाल रावतलाई । उनले अघिल्लाे वर्ष नायब सुब्बा र खरिदारकाे तयारी कक्षा लिए । परीक्षा गतिलाे नभएपछि नाम निस्किएन । एकपटक असफल हुँदैमा हिम्मत हार्ने कुरा भएन । थाक्नु पनि थिएन । निरन्तर अभ्यास गरियाे भने एक दिन सेवा क्षेत्रकाे सुरक्षित जागिर खान पाइन्छ भन्ने आशले मेमाेरी पावर बढाउन अनेक उपाय लागाइरहेका छन् । अर्पण शर्माका टिप्स खाेजिरहका छन् । तिथिमिति, घटना र व्यक्तिका नाम घाेक्न सजिलाे हुने गरी बनाइएका अनेक फर्मुला याद गरिरहेका छन् ।
यहीबेला लोकसेवाले एकैपटक नौ हजारभन्दा बढी कर्मचारीका लागि विज्ञापन गरेको छ । हर्षको सीमा छैन, उडेर चन्द्र छाेउ जस्तै भएको छ उनलाई । त्यसैले उनले याे पाली जसरी भए पनि नाम निकाल्पन भनेर पढाइकाे गति बढाए । नाम चलेका लेखकहरुका किताब किने । तयारी कक्षाकाे खाेजी गरे । तर, जेठ २७ गते राज्य व्यवस्था समितिले गरेकाे निर्णयले उनलाई निराश बनायाे । विशाल भन्छन् -'लामाे समय विज्ञापन कुरेर बस्यौं । यति धेरै संख्यामा विज्ञापन भएपछि नाम कस्साे ननिस्किएला साेचेर उत्साहित भयाै । तर आज माछाेमाछाे भ्यागुताे भयाे ।'उनले आफूले पढाइको गति घटाएकाे कुरा गरे ।
लगातार तीन वर्षदेखि लाेक सेवा आयाेगकाे परीक्षा दिदै आएका जुम्ला बजारका हरि भण्डारी पढाइकाे रफ्तार घटेकाे बताउँछन् । पहिला नासु र खरिदारकाे परीक्षा दिएका उनी यतिबेला अधिकृतकाे तयारी गर्ने मुडमा छन् । चाँडै नै काठमाडौं तयारी कक्षाकाे लागि जाने साेच बनाएका उनलाई राज्य व्यवस्था समितिकाे निर्णयले राेक्याे । उनी भन्छन्- 'काठमाडौं जाउँ भनेर सबै मिलाएकाे दिन नै विज्ञापन रद्द गर्ने खालकाे समाचार आएपछि जान सकिन । समय, श्रम र सम्पत्तिको वर्बाद किन गराैं जस्ताे लागेकाे छ ।'
त्यस्तै दैलेखबाट सुर्खेत अध्ययनकाे निम्ति झरेका इन्द्र राेकायले आयाेगकाे विज्ञापनदेखि हालसम्म भएकाे खर्चकाे हिसाबसहित क्षतिपूर्तिको माग गर्दै फेसबुकका स्टाटस पाेष्ट गरे । उनीजस्तै खर्च गर्ने देशभर झण्डै एकलाख ७० हजार पुगिसकेका छन् र याे संख्या बढिरहेकाे छ । आयाेगले विज्ञापन गरे पनि परीक्षा हुने/नहुने अन्याैल छ ।
लाेकसेवा आयाेगले देशकाे निश्पक्ष र निस्कलंकित संस्थाकाे छवि बनाएकाे छ । धेरैले आफ्नाे भविष्य लाेक सेवामाथि देखेका छन् । तर देशकाे राजनीतिक नेतृत्व नै यसकाे स्वायत्ततामाथि प्रश्न गरिरहेकाे छ । सरकारकाे नेतृत्व गरेकाे दलका नेताहरु विभाजित छन् । पुराना माआवादी नेताहरु आयाेगकाे विज्ञापनकाे विपक्षमा छन् भने पुराना एमालेहरु पक्षमा देखिएका छन् ।
त्यसकाे असर स्थानीयस्तरका नेता कार्यकर्तासम्म पुगेकाे छ । कालिकोट तिलागुफा नगरपालिकाकी उपमेयर दर्शना नेपाली आयाेगकाे विज्ञापन संविधान विपरीत भएकाे तर्क गर्छिन् । उनी भन्छिन् 'हजारौ जनताको बलिदानी र त्यागबाट निर्माण भएको संविधान र संघीयताको मूल मर्मलाई सबैले आत्मसात गर्नै पर्छ । यी विषयद्वारा निर्देशित रहेर नै राज्यका सबै अंगहरु चल्नुपर्छ । समावेशीकरणका सवालमा विकल्प प्रस्तुत गर्न सरकारको जिम्मेवार निकाय चुकेकै हो । आयाेगकाे विज्ञापन रद्द गर्ने भन्दापनि सच्चिनुपर्छ भन्ने हाे ।' उनी पूर्व माओवादी कार्यकर्ता हुन् ।
त्यस्तै पुर्व एमाले विद्यार्थी संगठनमा काम गरेका जुम्लाका लाेकेन्द्रराज गिरीले फेसबुक म्यासेन्जरमा विज्ञापन आइसकेपछि विवाद आउनुले तयारीमा रहेका विद्यार्थीमा अन्याैल थपेकाे बताए । उनका अनुसार आरक्षणलाई कारण मानेर विज्ञापन रद्द गराउन खाेज्नु लाेकसेवाकाे स्वायत्ततालाई सिमीत पार्ने चेष्टा हाे । उनी भन्छन् 'कुनै जात विशेषमा जन्मिएकै आधारमा एउटै देश र परिवेशभित्रको नागरिकलाई विभेद गरी आरक्षण छुट्याउनु हाँस्यास्पद र अवैज्ञानिक कुरा हो । आरक्षण नै गर्ने हाे भने वर्गको आधारमा कायम गरौं ।'
लाेकसेवा आयाेगकाे विज्ञापन ढिलाे गरी आएपनि यसले परीक्षाकाे तयारीमा जुटेकालाई उत्साहित बनाएकाे थियाे । तर, सरकारकाे नेतृत्वबाटै परीक्षाकाे तयारीमा रहेकाकाे उत्साहलाई एक निमेषमै फुटिजाने पानीको फाेकाजस्तै बनाएकाे छ । हाललाई लाेकसेवाकाे विज्ञापन रद्द गरेर करारमा कर्मचारी भर्ना गर्न सकिने प्रस्ताव गरिएकाे छ । जसकाे मुख्य उदेश्य आसेपासे कार्यकर्तालाई राेजगारी दिनलाई हाे भन्ने आम बुझाइ छ । देशकाे ऐन कानुन, सरकार सबै पहुँचवालाकाे मात्र बनाउने कुचेष्टा अन्तय गरी सबैलाई याेग्यता र क्षमताकाे आधारमा समान अवसर दिने विषयमा सरकार नचुकाेस् भन्ने चिन्ता र चासाे हाे । अन्यथा लाेक सेवा आयाेगकाे मर्ममाथि चाेट पर्ने निश्चित छ ।